कम्युनिटी शिल्ड : लिभरपुललाई हराउँदै आर्सनल च्याम्पियन

प्रिमियर लिगको साविक विजेता लिभरपुललाई हराउँदै आर्सनलले कम्युनिटी शिल्डको उपाधि जितेको छ।सिजनको लिग सुरु हुनु अघि हुने प्रतियोगितामा आर्सनलले पेनाल्टी सुटआउटमा लिभरपुललाई ५-४ गोलले पराजित गरेको हो।पेनाल्टी सुटआउटमा लिभरपुलका स्ट्राइकर रियान ब्रेस्टरको प्रहार क्रसबारमा लागेको थियो। उनीबाहेक अन्य खेलाडीको पेनाल्टी सफल भयो।त्यसअघि खेल १-१ को बराबरीमा सकियो। अग्रता भने आर्सलनले पहिले लियो।आर्सनलका लागि पियरी इमेरिक आयुबामेयाङ्ले उत्कृष्ट गोल गरेका थिए। खेलको १२ मिनेटमा साकाले उपलब्ध गराएको पासमा उनले गोल गरेका हुन्। खेलको ७३ मिनेटमा लिभरपुलका लागि ताकुमी मिनामिनोले बराबरी गोल फर्काएका थिए।लिभरपुलले लगातार दोस्रो पटक पेनाल्टीमा खेल गुमाएको हो। यसअघि सन् २०१९ मा लिभरपुल म्यानचेस्टर सिटीसँग पेनाल्टीमा पराजित भएको थियो।आर्सनलले कम्युनिटी शिल्डको उपाधि जितेको यो १६औं पटक हो। जससँगै आर्सनल सर्वाधिक उपाधि जित्ने टिममा दोस्रो स्थानमा उक्लिएको छ।म्यानचेस्टर युनायटेडले सर्वाधिक २१ पटक र लिभरपुलले १५ पटक उपाधि जितेका छन्।लिभरपुलका चार खेलाडी मोहमद सलाह, फाबिन्हो, ताकुमी मिनामिनो र कुर्टिस जोन्सले गोल गरे । तर, युवा खेलाडी रिहन ब्रेउस्टरको प्रहार क्रस बारमा लागेर बाहिरिएको थियो ।त्यसअघि खेलको १२ औं मिनेटमा ओबामियाङले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । ७३ औं मिनेटमा वैकल्पिक खेलाडी मिनामिनोले लिभरपुलका लागि बराबरी गोल फर्काएका थिए ।प्रिमियर लिग र एएफ कपको विजेता बीच नयाँ सिजनअघि कम्युनिटी शिल्ड खेलाइन्छ । आर्सनल एफए कपको विजेता हो भने लिभरपुल प्रिमियर लिग विजेता हो । लिभरपुलले ३० वर्षपछि लिगको उपाधि जितेको थियो ।आर्सनलले कीर्तिमानी १४ औं पटक एफए कपको उपाधि जितेको थियो ।

Related Posts